नेपालमा ३० करोडको लागतमा फिल्म बन्दै, सन्नी लियोनीले ‘आइटम डान्स’ गर्ने
काठमाडौं । ३० करोडको लागतमा नेपाली फिल्म ‘पासवर्ड’ निर्माण हुने भएको छ । नेपालमा सम्भवतः यो सार्वधिक लगानीमा बन्ने फिल्म हुनेछ । लन्डनमा छायांकन हुन लागेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्ने भएका छन् ।
जानकारी अनुसार, फिल्मको ९८ प्रतिशत छायांकन बेलायतमा हुने भएको छ । फिल्ममा विक्की जोशी, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ, विक्रान्त बस्नेत र दुई नव नायिका परी राना, लिसा सुनारले फिल्ममा मुख्य भूमिका निभाउनेछन् ।
नेपालका ‘ह्याण्सम भिलेन’ का रुपमा चर्चित रहेका अनुप विक्रम शाहीको यस फिल्ममा पनि ‘नेगेटिभ’ भूमिका रहेको छ । फिल्ममा बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम डान्स गर्ने भएकी छिन् । जसको लागि उनले नेपाली दुई करोड रुपैयाँ पनि बुझेको जानकारी प्राप्त भएको छ ।
फिल्मलाई जनवरी २०१९ मा रिलिज गरिने लक्ष्य रहेको छ ।
सन्नी लियाेनी