मुख्य समाचार

सातवटा प्रदेशमा सात खाले कृषि अनुसन्धान केन्द्र रहने 

सातवटा प्रदेशमा सात खाले कृषि अनुसन्धान केन्द्र रहने 

पोखरा । सात वटा प्रदेशको हावापानी सुहाउँदो बालीनालीबारे अनुसन्धान गर्न सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने भएको छ । यस्ता निर्देशनालय नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत रहेनछन् ।  

 

अहिले पाँच विकास क्षेत्रमा पाँच वटा क्षेत्रीय कृषि निर्देशनालय छन् । अब यो संरचनालाई बदलेर सात प्रदेशमा निर्देशनालयहरु स्थापना हुनेछन् । मुलुक संघीयतामा गएपछि नाकले पनि आफ्नो शाखाहरुलाई संघीय ढाँचामा रुपान्तरण गर्न लागेको हो । संरचनाको अन्तिम टुंगो मन्त्रीस्तरीय कार्यादल गठनपछि हुनेछ । 

 

कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापा, नार्कका पदाधिकारी र त्यसअन्तर्गतका देशैभरिका वैज्ञानिक कास्की लुम्लेमा भेला भएर नार्कको पुनर्संरचनाबारे छलफल गरेर फर्किएका छन् । छलफलले ‘नार्कलाई किसानसँग जोड्ने गरी लैजाने र प्रत्येक प्रदेशमा निर्देशनालय खोल्ने तथा अन्य तहको सांगठनिक संरचना कस्तो बनाउने भन्नेबारे मन्त्रीस्तरीय कार्यदल गठन गरेर टुंगो लगाउने,’ निष्कर्ष निकालेको छ ।

 

वैज्ञानिकहरुका छलफलबाट मन्त्रालय समक्ष संगठनात्मक तथा कार्यप्रणाली र अनुसन्धानबारे नार्कको संरचना प्रस्ताव गरिएको छ । वैज्ञानिकहरुले प्रस्ताव गरेको प्रतिवेदन मन्त्रीस्तरीय कार्यदलले अन्ययन गरी हेरफेर गर्नसक्ने कृषिमन्त्री खनालले बताए ।
 

विशेष