विश्वकर्मालाई तीन दिन थुनामा राख्न म्याद थप
नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई त्यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।
काठमाडौंँबाट आज शुक्रबार बिहान ३ बजे त्यहाँ ल्याइएका विश्वकर्मालाई आज नै नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो । उनलाई विहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएसँगै गिरफ्तार गरी त्यहाँ ल्याइएको थियो ।
गत साउन ७ गते राति बेलकोटगढी नपा–९ भट्टथोकमा दुई स्काभेटर जलाइएको आरोपमा मुद्दा चलाउन त्यहाँ ल्याइएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए । धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्स्ट्रक्सनका स्काभेटरमा आगो लगाइँदा एउटा पूर्ण क्षतिग्रस्त र एउटा आंशिक क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । कुन ठाउँमा कहिले स्काभेटर जलेको भन्ने आफूलाई थाहा नभएको ‘प्रकाण्ड’ले सञ्चारकर्मीलाई बताए ।
विश्वकर्मा