नेपालले पायो प्रथम महिला शंकराचार्य
काठमाडौं । हेमानन्द गिरीलाई प्रथम महिला शंकराचार्यको उपाधि प्रदान गरिएको छ ।
गिरीलाई अखिल भारतीय विद्वत परिषद्, विश्व हिन्दु महासंघलगायत प्रशिद्ध धार्मिक संस्थाहरुले शुक्रबार भक्तपुरको थिमीस्थित शिद्धकाली मन्दिरमा वैदिक विधाबमोजिम उहाँलाई प्रथम महिला शंकराचार्य पदबाट विभूषित गरिएको हो ।
हजारौं भक्तहरुको माझमा भारत, हंगेरीलगायत मुलुकबाट आएका धार्मिक विद्वानहरुको सहभागीतामा हेमानन्द गिरीलाई पशुपतिमठको शंकराचार्यले उपाधिबाट विभूषित गरिएको थियो । समारोहमा अखिल भारतीय विद्वत् परिषदका वरिष्ठ उपाध्यक्ष डा. कामेश्वर उपाध्याय, धर्म महामण्डका महामन्त्री राजेश रोय, विश्व हिन्दु महासंघका अजय सिंह, हंगेरीबाट डा. हनिफोलगायतको सहभागीता थियो ।
शंकराचार्य घोषित गर्ने कार्यक्रममा भक्तपुरका नागरिकहरु स्वतः स्फूर्तरुपमा उर्लेर आएका थिए । शंकराचार्य हेमानन्द गिरीको जयजयकारसमेत भएको थियो । सो अवसरमा शंखध्वनी, बाजागाजाले भक्तपुरको वातारवण सशोभित बनेको थियो ।
विधानबमोजिम शंकराचार्यलाई छतृ र दण्ड प्रदान गरिएको थियो ।
यसअघि नेपालमा शंकराचार्यको उपाधि कसैले पनि प्राप्त गर्न सकेको थिएन । हेमानन्द गिरी जुना अखडाकी महामण्डलेश्वर पनि थिइन् । प्रथम महिला शंकराचार्य नेपाली चेलीले प्राप्त गरेको अवसरलाई धेरैले स्वागत गरेका छन् ।