बिमस्टेक सम्मेलनमा अाउने दुई राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को आसन्न शिखर बैठकमा सहभागी हुन काठमाडौं आउनेमध्ये म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा जाने भएका छन् ।
भदौ १४–१५ मा हुन लागेको बिम्स्टेक चौथो शिखर सम्मेलनमा भाग लिन म्यानमार राष्ट्रपति विन मिन्ट मंगलबार अपरान्ह काठमाडौं आउँदैछन्। परराष्ट्र अधिकारीका अनुसार, राष्ट्रपति मिन्ट बुधबार लुम्बिनी भ्रमणमा जानेछन्।
यसैगरी, सम्मेलन सकिएपछि आगामी शनिबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना लुम्बिनी भ्रमणमा जाने भएका छन्। श्रीलंकाली राष्ट्रपति सिरिसेना र भुटानका प्रधानमन्त्री छिरिङ तोग्वे बुधबार काठमाडौं आइपुग्नेछन्।