केरालाका बाढी पीडितलाई अमिताव बच्चनद्वारा ५१ लाख सहयोग
नयाँ दिल्ली, एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनले केरालाका बाढी पीडितको लागि ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम उनले मुख्यमन्त्री राहतकोषमा जम्मा गरेका छन् । यसकासाथै आफ्ना केही लुत्ता कपडा पनि उनले पीडितलाई दिएका छन् । बाढीका कारण हाल केराला एकदम नराम्रो अवस्थामा गुज्रिरहेको छ ।
बच्चनले ५१ लाख रुपैयाँबाहेक बाढी पीडितको लागि ६ वटा बाकसमा ८० वटा ज्याकेट, २५ वटा पेन्ट र ४० जोर जुत्ता पनि सहयोग गरेका छन् ।
केराला बाढी पीडितका लागि देश विदेशबाट मानिसहरु सहयोग गर्ने क्रममा बलिउडका अन्य सेलिब्रेटिले पनि मन खोलेर सहयोगको कदम अघि बढाएका छन् । अहिलेसम्म शाहरुख खान, अक्षय कुमार, सुशान्त सिंह राजपूतजस्ता सेलिब्रेटीले सहयोग गरेका छन् ।
अभिनेता सुशान्त सिंह राजपूतले एक करोड रुपैयाँ सहयोग गरेका छन् । त्यस्तैगरि शाहरुख खानले २१ लाख रुपैयाँ सहयोग गरेका छन् ।