कमाईको हिसाबमा अक्षय कुमार पहिलो नंबरमा, सलमानलाई पनि उछिने
नयाँ दिल्ली, एजेन्सी । बिजनेस म्यागजिन फोब्र्सले दुनियाँकै सार्वधिक कमाई गर्ने कलाकारको वार्षिक सूची तयार गरेको छ । यस सूचीको टप १० मा बलिउड अक्षय कुमार र सलमान खानको नाम रहेको छ । अघिल्लो वर्ष बलिउडकै सार्वधिक बढी कमाइ गर्ने शाहरुख खान यो सूचीमा छैनन् । खास कुरा यो हो की, अक्षय कुमार कमाईको मामलामा सलमान खान भन्दा पनि अगाडि आएका छन् ।
उक्त सूचि १ जुन २०१७ देखि १ जुन २०१८ को बीचको कमाईमा आधारित रहेर निकालिएको हो । फेब्र्सको यस लिस्टमा ५७ वर्षीय हलिउड अभिनेता जार्ज २३६ मिलियन डलर यनिकी १६७४ करोड रुपैयाँको साथ पहिलो नंबरमा छन् ।
फोब्र्सले निकालेको सूचि सातौं नंबरमा परेका अक्षय कुमारले यो वर्षमा ४०.५ मिलियन डलर अर्थात करिब २८४ करोड रुपैयाँको कमाई गरेका छन् । त्यस्तैगरि नौ नंबरमा परेका सलमान खानको कमाई ३८.५ मिलियन डलर अर्थात २७० करोड रहेको छ ।
जुन २०१७ र जुन २०१८ को बीचमा अक्षय कुमारका दुई फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ र ‘प्याडम्यान’ रिलिज भयो । ‘ट्वाइलेट एक प्रेम कथा’ ले विश्वभर ३१८ करोडको व्यापार गरेको थियो । त्यसैगरि फिल्म ‘प्याडम्यान’ ले १२० करोडकोे व्यापार गरेको थियो । फिल्मको पैसाबाहेक अक्षयले फिल्मको नाफा पनि सेयर गर्ने गरेका छन् ।
फिल्मबाहेक उनी पैसाबजार, डलर क्लब, कजारिया टाइल्स र टाटा मोटर्ससहित धेरै ब्राण्डको एम्बासडर पनि रहेका छन् ।
१ जुन २०१७ देखि १ जुन २०१८ सम्म सलमान खानको ‘ट्युबलाइट’ र ‘टागर जिन्दा है’ गरेर दुईटा फिल्ल रिलिज भए । ‘ट्युबलाइट’ ले वल्र्डवाइड २२३ करोडको कमाइ ग¥यो भने ‘टाइगर जिन्दा है’ ले ५६२ करोडको व्यापार ग¥यो । सलमानले ‘टाइगर जिन्दा है’ बाट एक्लै ७० करोड भन्दा बढी कमाई गरेका थिए ।
अक्षय कुुमारको तुलनामा सलमानसँग ब्राण्डको इन्ड्रोसमेन्ट एकदमै कम छ । सलमानलाई सुजुकी, डायमन्ड नमकीन, डिक्सी स्कड र एस्ट्रोल पाइपको विज्ञापनमा देख्न सकिन्छ ।