मुख्य समाचार प्रदेश ७

निर्मला हत्या प्रकरणः सर्वपक्षीय बैठक सकियो, के-के भए निर्णय ?

निर्मला हत्या प्रकरणः सर्वपक्षीय बैठक सकियो, के-के भए निर्णय ?

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठक सकिएको छ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एकजनाको गोली लागेर हत्या भएपछि शनिबार सर्वपक्षिय बैठक बसेको थियो ।

बैठकमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, महिला अधिकारकर्मी, प्रर्दशनकारी र सरकारी अधिकारीको उपस्थिती थियो । उनीहरुले प्रर्दशनका क्रममा शुक्रबार गोली लागेर मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा गर्न आग्रह गर्ने निर्णय  गरेको छ ।

यस्तै, बैठकमा मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको छ । बैठकमा आन्दोलनका घाइते भएकाहरुको निःशुल्क उपचार गर्नुपर्ने, शारीरिक रुपमा अशक्त भएमा उनीहरुको जीवन निर्वाहमा अप्ठ्यारो नपर्ने गरी व्यवस्था गर्नुपर्ने निर्णय भएका छन् ।

बैठकले आन्दोलनका क्रममा तोडफोड, सरकारी, सार्वजनिक व्यक्तिगत क्षति भिडको मूल्यांकन र भिड नियन्त्रणमा गोली चलाइएको विषयका सम्बन्धमा निष्पक्ष छानबिनका लागि समिति गठन गर्न गृहमन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय पनि गरेकाे छ । यस्तै बैठकले थप विरोधका कार्यक्रम आजैदेखि बन्द गर्न आग्रह गरेको छ ।

कञ्चनपुर निर्मला पन्त

विशेष