मुख्य समाचार

कांग्रेसकाे केन्द्रीय कार्य समिति बैठक जारी

कांग्रेसकाे केन्द्रीय कार्य समिति बैठक जारी

काठमाडौं । शनिबार बिहान ११ बस्ने नेपाली कांग्रेस केन्द्रिय कार्य समिति बैठक ६ घण्टापछि सुरु भएको छ । महासमिति बैठकको विधि, प्रक्रियालगायतका विषयमा शीर्ष नेतृत्वबीच सहमति जुट्न नसकेपछि पार्टीको केन्द्रीय कार्य समितिको बैठक तोकिएको समयभन्दा ६ घण्टा ढिला सुरु गरिएको हो ।

कांग्रेसले संघीय ढाँचा अनुसारको विधान संशोधन गर्ने मूल एजेन्डाका लागि पार्टीको महासमिति बैठक बाेलाएकाे हो । महासमिति बैठकमा विधानको मस्यौदा पेश गर्न महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समिति गठन भइसकेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि छलफल हुनेछ ।

नेपाली काँग्रेस कांग्रेस केन्द्रीय कार्य समिति बैठक

विशेष