खेल

इंग्लिस प्रिमियर लिगमा शनिबार कुन-कुन क्लबबीच भिडन्त ? 

इंग्लिस प्रिमियर लिगमा शनिबार कुन-कुन क्लबबीच भिडन्त ? 

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार ६ वटा खेल हुँदै छन् । नेपाली समय अनुसार बेलुका सवा ५ बजे अघिल्लो वर्षको च्याम्पियन म्यानचेस्टर सिटी र उल्भरह्याम्पटनबीच प्रतिस्पर्धा हुँदै छ । 

यस्तै, आज (शनिबार) कै बेलुका ८ बजे चार खेल हुनेछन् । ती मध्ये एउटामा एएफसी बर्नमाउथ र एभर्टन आमने सामने हुनेछन् ।अर्को खेलमा आर्सनल र वेस्टह्याम भिड्ने छन् । अर्को खेलमा हडर्सफिल्ड टाउन र कार्डिफ सिटी भिड्नेछन् । 

साउथह्याम्पटन र लेस्टर सिटीको खेल पनि राति पौने ८ बजे नै शुरु हुनेछ । प्रिमियर लिग अन्तर्गत शनिबारै राति सवा १० बजे लिभरपुर र ब्राइटन भिड्नेछन् ।

प्रिमियर लिगमा अहिलेसम्म ६ वटा टिमले शतप्रतिशत जितको नतिजा निकाल्दा ४ वटा टिमले अंक तालिकामा खातानै खोल्न सकेका छैनन् ।

english premier league

विशेष