मुख्य समाचार प्रदेश ७

कञ्चनपुरबाट तानिएका प्रहरी उपरिक्षक बिष्ट निलम्बित

कञ्चनपुरबाट तानिएका प्रहरी उपरिक्षक बिष्ट निलम्बित

काठमाडौं । निर्मला पन्त बलात्कार घटनामा कञ्चनपुरको प्रहरी उपरिक्षकको जिम्मेवारीमा रहेका डिल्लीराज बिष्ट निलम्बित भएका छन् । उनलाई गृहमन्त्रालयले शनिबार निर्मला हत्याकाण्डको घटना अवधिभरका लागि निलम्बन गरिएको हो । 


गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, तीन वटै सुरक्षा निकायका प्रमुख र गृह सचिवसहित बसेको बैठकले बिष्टलाई निलम्बन गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए । 

हत्यारा पक्राउको माग गर्दै आन्दोलनमा उत्रिएका कञ्चनपुरका नागरिकमाथि दमन गरेको भन्दै सरकारले केही दिन अघि प्रहरी उपरीक्षक बिष्ट, नायव उपरीक्षक ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई कञ्चनपुरबाट सरुवा गरेको थियो ।  

शनिबार बसेको बैठकले प्रहरी नायब उपरीक्षक सेठी र घटनाको अनुसन्धान तोकिएका प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई केन्द्रमा बोलाएको छ ।

निर्मला पन्त डिल्लीराज बिष्ट

विशेष