मुख्य समाचार

आइतबार प्रदेश २ र ७ मा सार्वजनिक बिदा

आइतबार प्रदेश २ र ७ मा सार्वजनिक बिदा

महेन्द्रनगर । प्रदेश नं २ सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदाको दिएको छ ।  आइतबार हुने रक्षाबन्धनका लागि प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिए ।

यसअघि प्रदेश सरकारले बिदा दिए पनि सङ्घीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले बिदा दिन अस्वीकार गर्दै आएका थिए । 

प्रदेश २ भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तिय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक बिदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ । 

मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन धुमधाम साथ मनाइँदैछ । रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने गर्दछन् ।

यस्तै, प्रदेश नं ७ को मन्त्रिपरिषद्को बैठकले पनि आइतबार सार्वजनिक विदा दिएको छ । रक्षा बन्धनका दिन प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको कानून मन्त्रीले प्रकाश शाहले जानकारी दिए । 

सार्वजनिक बिदा प्रदेश २ प्रदेश ७

विशेष