मुख्य समाचार

प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन हुनुपर्छः देउवा

प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन हुनुपर्छः देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

आइतबार बसेको संसदको बैठकमा विशेष समय लिएर बोल्दै देउवाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले कानून संशोधनको तयारी शुरु गर्न माग गरे ।

‘बालिकामाथि हुने गरेको बलात्कारको शृङ्खलामा सरकारले दोषी पत्ता नलगाउँदा असन्तुष्टि बढेको छ, प्रधानमन्त्रीले कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ, यस्ता घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्छ’, अर्को प्रसङ्गमा उनले भने ।

सरकारले संविधानको धारा २५० बमोजिम प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा करका विषयमा समस्या आएकाले शीघ्र गठन गर्न नेता देउवाले सरकारको ध्यानाकर्षण गराए । उखु किसानले मूल्य नपाएको र किसानले समयमा मल नपाएकाले उचित व्यवस्था मिलाउन पनि सभापति देउवाले ध्यानाकर्षण गराए । 

नेपाली काँग्रेस शेरबहादुर देउवा

विशेष