खेल

नेपाल भर्सेस श्रीलंकाः कप्तान खड्काको अर्धशतक पूरा, उपकप्तान आउट ! [अपडेट]

नेपाल भर्सेस श्रीलंकाः कप्तान खड्काको अर्धशतक पूरा, उपकप्तान आउट ! [अपडेट]

काठमाडौँ । श्रीलंकामा भइरहेको नेपाल र श्रीलंकन कोल्ट्स क्रिकेट क्लबबीच भइरहेको अन्तिम अभ्यास खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । उनले ४८ बलमा अर्धशतक पूरा गरे । भने, उपकप्तान ज्ञानेन्द्र मल्ल भने अर्धशतक बनाउनबाट चुके । उनी ६५ बलमा ४५ रन बनाउँदै पवेलियन फर्किए । 

टस हारेर फिल्डीङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म २ विकेटको क्षतीमा २५ ओभरको समाप्तीमा १३१ रन बनाएको छ । यसअघि नेपालको पहिलो विकेटका रुपमा २३ बलमा २२ रन बनाउँदै सुवास खकुरेल आउट भएका छन् । 

टस जितेर ब्याटिङ रोजेको श्रीलंकन क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रन बनाएको थियो ।  श्रीलंकन क्लब कोल्ट्सका लागि हसन हेवानले सर्वाधिक ५९, आयानाले ३६ र मदुरा लक्मलले २४ रन बनाउनु बाहेक अरुको प्रर्दशन सम्झनलायक रहेन ।बलिङमा नेपालका लागि सोमपाल कामीले ३, करण केसी र सागर पुनले समान २-२ विकेट लिदा ललित राजवंशीले १ विकेट लिन सफल भए । 

२१७ रनको विजयी लक्ष्यकासाथ नेपाल मैदान उत्रिएको छ । नेपालको यो अन्तिम अभ्यास खेल हो । उसले यसअघि २ वटा अभ्यास खेल खेलिसकेको छ । जसमा नेपालले शानदार जित निकालेको थियो । तीन दिनपछि मलेसियामा हुने एसिया कप छनोटका लागि नेपाल अभ्यास खेलका लागि श्रीलंका गएको हो । 
 

श्रीलंका भर्सेस नेपालः कप्तान पारस खड्का

विशेष