खेल

नेपाल भर्सेस श्रीलंकाः नेपाललाई चाैथाे झट्का, खड्का र भण्डारी आउट ! [अपडेट]

नेपाल भर्सेस श्रीलंकाः नेपाललाई चाैथाे झट्का, खड्का र भण्डारी आउट ! [अपडेट]

काठमाडौँ । श्रीलंकामा भइरहेको नेपाल र श्रीलंकन कोल्ट्स क्रिकेट क्लबबीच भइरहेको अन्तिम अभ्यास खेलमा नेपालको तेस्रो विकेट पतन भएको छ । तेस्रो विकेका रुपमा कप्तान पारस खड्का आउट भएका छन् । उनी ५७ बलमा ५८ रन बनाउँदै आउट भए । 

परसले आज ४८ बलमा अर्धशतक पूरा गरेका थिए । भने, उपकप्तान ज्ञानेन्द्र मल्ल भने अर्धशतक बनाउनबाट चुके । उनी ६५ बलमा ४५ रन बनाउँदै पवेलियन फर्किए । 

टस हारेर फिल्डीङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म ३ विकेटको क्षतीमा २७ ओभरको समाप्तीमा १३८ रन बनाएको छ । यसअघि नेपालको पहिलो विकेटका रुपमा २३ बलमा २२ रन बनाउँदै सुवास खकुरेल आउट भएका थिए । 

टस जितेर ब्याटिङ रोजेको श्रीलंकन क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रन बनाएको थियो ।  श्रीलंकन क्लब कोल्ट्सका लागि हसन हेवानले सर्वाधिक ५९, आयानाले ३६ र मदुरा लक्मलले २४ रन बनाउनु बाहेक अरुको प्रर्दशन सम्झनलायक रहेन । 

बलिङमा नेपालका लागि सोमपाल कामीले ३, करण केसी र सागर पुनले समान २-२ विकेट लिदा ललित राजवंशीले १ विकेट लिन सफल भए । 

२१७ रनको विजयी लक्ष्यकासाथ नेपाल मैदान उत्रिएको छ । नेपालको यो अन्तिम अभ्यास खेल हो । उसले यसअघि २ वटा अभ्यास खेल खेलिसकेको छ । जसमा नेपालले शानदार जित निकालेको थियो ।  तीन दिनपछि मलेसियामा हुने एसिया कप छनोटका लागि नेपाल अभ्यास खेलका लागि श्रीलंका गएको हो । 
 

विशेष