खेल

श्रीलंकामाथि नेपालको शानदार जित, पारस र दिपेन्द्रले बनाए अर्धशतक

श्रीलंकामाथि नेपालको शानदार जित, पारस र दिपेन्द्रले बनाए अर्धशतक

काठमाडौँ । श्रीलंकासंगको अन्तिम अभ्यास खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको छ ।  आज श्रीलंकन कोल्ट्स क्रिकेट क्लबसँग भएको अन्तिम अभ्यास खेलमा नेपाल पाँच विकेटले विजयी भएको हो । 

नेपाललाई जिताउन कप्तान पारस खड्का र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । कप्तान खड्काले ५७ बलमा ५८, ऐरीले नटआउट ५३ बलमा ५२ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्ल भने अर्धशतक बनाउनबाट चुके । उनी ६५ बलमा ४५ रन बनाउँदै पवेलियन फर्किए । यस्तै, आरिफ शेख २३ रनमा अविजीत रहे । नेपालको पहिलो विकेटका रुपमा २३ बलमा २२ रन बनाउँदै सुवास खकुरेल आउट भएका थिए ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकन क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रन बनाएको थियो ।  श्रीलंकन क्लब कोल्ट्सका लागि हसन हेवानले सर्वाधिक ५९, आयानाले ३६ र मदुरा लक्मलले २४ रन बनाउनु बाहेक अरुको प्रर्दशन सम्झनलायक रहेन । 

बलिङमा नेपालका लागि सोमपाल कामीले ३, करण केसी र सागर पुनले समान २-२ विकेट लिदा ललित राजवंशीले १ विकेट लिन सफल भए । २१७ रनको विजयी लक्ष्यकासाथ नेपाल मैदान उत्रिएको छ । नेपालको यो अन्तिम अभ्यास खेल हो ।

 उसले यसअघि २ वटा अभ्यास खेल खेलिसकेको छ । जसमा नेपालले शानदार जित निकालेको थियो । तीन दिनपछि मलेसियामा हुने एसिया कप छनोटका लागि नेपाल अभ्यास खेलका लागि श्रीलंका गएको हो । 
 

श्रीलंका नेपाल क्रिकेट

विशेष