सांसदलाई सभामुखकाे निर्देशन- रोष्ट्रम अगाडिबाट ओहोरदोहोर नगर्नुस्

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बोलिरहँदा अमर्यादित ढङ्गबाट रोष्ट्रम अगाडिको भागबाट ओहोरदोहोर नगर्न सभामुखले निर्देशन दिए ।
प्रतिनिधिसभा नियमावली र संसदीय मर्यादाअनुसार एक जना सांसदले बोलिरहँदा अन्य सदस्यले बोल्नु संसदीय मर्यादाविपरीत हुने भन्दै सभामुख महराले सांसदहरुलाई यस विषयमा पनि गम्भीर हुन निर्देश गरे ।
प्रतिनिधिसभाको आजको बैठक चलिरहँदा केही सांसदहरु रोष्ट्रम अगाडिबाट आवतजावत गरेपछि उनले सांसदहरुलाई निर्देशन दिएका हुन् ।
सभामुख कृष्णबहादुर महरा सांसद