मेडिकल कलेजमा गाउँगाउँबाट भाडाका विरामी
पाल्पा । लुम्बिनी मेडिकल कलेज पाल्पाले बार्षिक मूल्याकंनमा आएको टोलीलाई झुक्याउन यस बर्ष पनि भाडाका बिरामी प्रयोग गरेको भेटिएको छ ।
विगत बर्षमा जस्तै अनुगमनको समयमा भाडाका विरामीले अस्पताल भरेर प्रभावित पार्ने कार्य दोहोर्याएको हो ।
काठमाडौं विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलको चार सदस्यीय अनुगमन टोलीले दुई मिनेटसम्म कलेजको अनुगमन गरेको थियो ।
काठमाडौंबाट आएको टोलीले ६ र ७ भदौमा गरेको अनुगमनका क्रममा कलेजले विरामीको संख्या बढी देखाउन गाउँगाउँबाट भाडाका विरामी ल्याएको भेटिएको स्रोतको दाबी छ ।
टोलीको प्रतिवेदनका आधारमा कलेजले पढाउन पाउने एमबीबीएस र एमडीको विद्यार्थी संख्या र विशेषज्ञ सेवा संचालन कटौतीसमेत हुन सक्ने भएकाले कलेजले यस्तो गरेको हो ।
विरामी संख्या र चाप, भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र गुणस्तर लगायतका विषय अनुगमनमा हेरिने गर्छ ।
-नक्कली विरामीलाई दैनिक एक हजार
-अनुगमनबाट जोगिन नक्कली भर्ना
-भाडाका विरामी खोज्न स्थानीय अगुवा परिचालन
-भाडामा ल्याउनु पर्ने अवस्थामा छैनौं :अस्पताल (राजधानी दैनिकबाट)
लुम्बिनी मेडिकल कलेज