इतिहासमा आज

इतिहासमा अाज - पराेपकारी अामा मदर टेरेसाकाे जन्मदिन, अमेरिकाले महिलालाई मतदान गर्ने अधिकार दिइएकाे दिन

इतिहासमा अाज - पराेपकारी अामा मदर टेरेसाकाे जन्मदिन, अमेरिकाले महिलालाई मतदान गर्ने अधिकार दिइएकाे दिन

अाज अगस्त २६ (सन् १९१०) का दिन परोपकारको क्षेत्रमा अतुलनिय याेगदान पुर्‍याउने व्यक्तित्व मदर टेरेसाकाे जन्म भएकाे थियाे ।  मदर टेरेसा ( २६ अगस्ट, १९१० - ५ सेप्टेम्बर, १९९७)को जन्म अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, ओटोमन साम्राज्य (आजको सोप्जे, मेसेडोनिया गणराज्य)मा भएको थियो।

 मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो। उनले १९५०मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन। ४५ वर्षसम्म गरीब,बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मदद गरिन र मिशनरीज अफ च्यारिटी प्रसारलाई पनि मार्ग प्रशस्त गरिन।

१९७० सम्म उनी गरीबहरू र असहायहरूको लागि आफ्नो मानवीय कार्यहरूको लागि प्रसिद्द भईन, माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोडमा यसको उल्लेख गरियो। उनलाई १९७९मा नोबेल शांति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो।

 मदर टेरेसाको जीवनकालमा मिशनरीज अफ चेरिटीको कार्य लगातार विस्तृत भैरह्यो र उनिलाई मृत्युको समय सम्म उनी १२३ देशमा ६१० मिशन नियंत्रित गरिरहेकि थिईन। यसमा एचआईभि/एड्स, कुष्ठ र तपेदिकको रोगीहरूको लागि धर्मशाला/ घर शामिल थिए, र साथै सूप भान्सा, बच्चाहरू र परिवारको लागि परामर्श कार्यक्रम, अनाथालय र विद्धालय पनि थिए। मदर टेरसाको मृत्यु पछि उनलाई पोप जन पल द्वितीयले धन्य घोषित गरियो र उनलाई कोलकाताको धन्यको उपाधि प्रदान गरियो।

तिमी कति काम गर्छौ यो(सफलताको लागि) महत्त्वपुर्ण कुरा हुँदै हैन,तिमी आफ्नो कामलाई कति प्रेमपुर्ण गर्छौ यही सफलताको मापदण्ड हो।


आलोचना
थुप्रै व्यक्ति, सरकार, र संस्थाहरूद्वारा उनिलाई प्रशंसा गरिन्छ, यद्धपि उनले आलोचनाको पनि सामना गर्नुपर्‍यो। यसमा केही व्यक्तिहरू, जस्तो क्रिस्टोफर हिचेन्स, माइकल परेंटी, अरूप चटर्जी (विश्व न्दू परिषद) द्वारा गरिएको आलोचना शामिल छ, जुन उनिलाई काम (धर्मान्तरण)को विशेष तरीकाको विरुद्ध थिए। 

यस वाहेक केही चिकित्सा पत्रिकाहरूमा पनि उनिलाई धर्मशालाहरूमा दिईने चिकित्सा सुरक्षाको मापदण्डलाई आलोचना गरियो र अपारदर्शी प्रकृतिको बारेमा प्रश्न उठाईयो, जसमा दानको धन खर्च गरिन्थ्यो।



१९७७ - संयुक्त राज्य अमेरिकाको संविधानमा १९औँ संसोधन गरी महिलालाई मतदान गर्ने अधिकार दिइएको थियो ।



बि.स. २०५४ (सन् १९९७) - अल्जेरियाको बेनी अली भन्ने ठाउँमा भएको हत्यकाण्डमा ६०-१०० जना मारिएको थियो ।


बि.स. २०५९ (सन् २००२)  - दक्षिण अफ्रिकाको जोहानेसबर्गमा विश्व शिखर सम्मेलन सुरु भएको थियो ।

मदर टेरेसा

विशेष