मुख्य समाचार

कञ्चनपुरमा शुक्रबारदेखि लगाइएको कर्फ्यू पाँच घण्टाका लागि हटाइयो

कञ्चनपुरमा शुक्रबारदेखि लगाइएको कर्फ्यू पाँच घण्टाका लागि हटाइयो

कञ्चनपुर । कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कर्फ्यू हटाइएको हो ।

 

दश बजेदेखि पुनः कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो।

 

पाँच घण्टाका लागि कर्फ्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ। रासस

कञ्चनपुर कर्फ्यू

विशेष