कभर स्टोरी भिडियो

‘देहव्यापारलाई वैधानिकता किन नदिने ?’

‘देहव्यापारलाई वैधानिकता किन नदिने ?’

काठमाडौं । १३ वर्षीया निर्मला हत्याकाण्डले कञ्चनपुरलाईमात्र प्रभाव पारेको छैन । यतिबेला पुरा देश यो विषयमा उग्र अवस्थामा लागि परेको छ । सक्नेले प्रदर्शन गरेर त नसक्नेले समाजिक सञ्जाल फेसुबुक र ट्वीटरमार्फत यस घटनाको चर्को विरोध गरिरहेका छन् ।

 

शनिबार काठमाडौंको बानेश्वरमा भएको प्रदर्शनीमा सहभागी भएकी साझा विवेकशीलकी सदस्य रञ्जु दर्शनाले बलात्कारीलाई फाँसी दिन नहुने बताएकी छन् । 


आफू व्यक्तिगत रुपमा बलात्कारीलाई फँसी दिने कुराको पक्षधर नभएको भन्दै उनले भनिन्, ‘व्यक्तिगत हिसाबमा म फँसीको पक्षधर होइन । यद्यपी फाँसी भन्दा तल के कडा सजाय हुन्छ त्यो कडा सजाय दिनुपर्छ भन्ने पक्षमा छु ।

 

बलात्कारीलाई खसी बनाइनुपर्छ । मलाई यसको मेडिकल र अंग्रेजी टर्म ठ्याक्कै आएन । एउटा सिरिन्ज हुन्छ । जुन हालेपछि बलात्कारीमा यौनक्रिडा मर्छ जसले गर्दा उत्तेजना हुँदैन ।’ 


यसबाहेक बलात्कारी हुन नदिन के के गर्नुपर्छ भन्नेबारे पनि गहन रुपमा अनुसन्धान गरिनुपर्नेमा उनले जोड दिइन् । कतिपयले देहव्यापारलाई वैधानिकतापर्छ भनेर पनि भनेका छन् ।

 

यसबारे उनले भनिन्, ‘देहव्यापारलाई वैधानिकता दिनु भनेको छैन, तर त्यो गरेर बलात्कार कम हुन्छ भने त्यसको लायि उपयुक्त अनुसन्धान किन नगर्ने ?  
 


विशेष