मुख्य समाचार प्रदेश २

प्रदेश २ का कानुन मन्त्री यादव अाक्राेशित, प्रत्येक कार्यालयमा ताला लगाउँदै हिँडे

प्रदेश २ का कानुन मन्त्री यादव अाक्राेशित, प्रत्येक कार्यालयमा ताला लगाउँदै हिँडे

जनकपुरधाम । प्रदेश सरकारको निर्णय अटेरी गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् । 

 

प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गर्न थालेपछि प्रदेश सरकार आक्रमक भएका हुन् । 

 

आन्तरिक मामिला तथा कानून मन्त्री यादव आफै जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका हुन् ।
 


संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताए । 

उनले प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुन सुकै कार्यालयमा तालाबन्दी गर्ने देखी लिएर कानूनी उपचार समेत खोजिने बताए । भदौ १ गते लागु भएको देवानी कार्यविधी संहिताको दफा ५१ को स्पष्टिकरणले प्रदेश सरकारले समेत सार्वजनिक विदा दिन सक्ने स्पष्ट कानूनी व्यवस्था गरेको भएपनि यो कानूनी प्रावधानलाई प्रदेश अन्तर्गत रहेका संघीय कार्यालयहरुले उल्लंघन गरेकोले बाध्य भएर प्रदेश सरकार कानून कार्यान्वयन गराएको हो ।

प्रदेश नं.२ रक्षा बन्धन तथा जनै पूर्णिमा ज्ञानेन्द्र यादव

विशेष