कञ्चनपुरको भीमदत्तनगरमा फेरि कफ्र्यु
कञ्चनपुर । जिल्लाको भीमदत्तनगरपालिका आज पुनः कफ्र्यु लगाइएको छ । नगरपालिकाकाे-४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आज बिहान १० बजेपछि पुनः कफ्र्यु लगाइएको हो ।
भीमदत्त नगरपालिका-२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्र्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यु हटाइएको थियो ।
अर्को आदेश नभएसम्म कफ्र्र्यु जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् । शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका-१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो ।
कञ्चनपुर भीमदत्तनगर कफ्र्यु