स्वास्थ्य

सर्पले टोक्दा के गर्ने के नगर्ने ? 

सर्पले टोक्दा के गर्ने के नगर्ने ? 

काठमाडौं । सर्पको टोकाइले ज्यान नै जान सक्ने खतरा धेरै छ । त्यसकारण सर्पले टोक्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सकिन्छ भने टोकेको सर्पको रंग, टाउकोको आकार र त्यसको पुुरा आकारलाई याद गर्नुपर्छ । ५० प्रतिशत सर्पको टोकाइमा सर्पले विष नफालेको हुन सक्छ । मुलतः सर्पले टोक्दा धेरै आत्तिनु हुँदैन । सर्पको टोकाइमा बाँकी ५० प्रतिशत विषको पनि २० प्रतिशतमात्र ज्यान लिने खालको हुन्छ । 

 

यस्तो अवस्थामा सकेसम्म शान्त रहनुपर्छ । धेरै आत्तिदाँ विष सर्न सक्ने सम्भावना बढी हुने हुँदा टोकेर हलुका दुख्ने र सुन्निने हुन सक्ला तर विष फालेको हुँदैन । 

 

सर्पले टोकेको ठाउँमा धेरै जोड दिनुहुन्न । जस्तो, खुटमा टोकोको छ भने खुट्टालाई सकेसम्म सोझो बनाउनुपर्छ । त्यस्तो समयमा यदि हात या औँलामा केही ‘ज्वेलरी’ लगाइएको छ भने सर्पले टोक्नेवित्तिकै उक्त ज्वेलरी फुकाल्नुपर्छ । सर्पले टोकेको ठाउँमा मुखले चुस्दा शरिरमा झनै चाँडो विष पुग्ने सम्भावना हुन्छ । 

 

सर्पले टोकेको ठाउँको वरपरिको छाला काटेर फल्नु हुँदैन । त्यसको साथै यस्तो बेलामा घाउको दुखाइ कम हुन्छ भनेर धेरैले रक्सी पनि पिउने गर्छन् । यो गलत हो । रक्सीले रक्तनलीमा विष चाँडो छिर्ने सम्भावना हुन्छ । हातमा टोकेको छ भने हातलाई नकसिने शैलीमा बाँधेर मुटु भन्दा तल राख्नुपर्छ । 

 

सर्पले टोकेको ठाउँभन्दा माथि जबरजस्ती डोरी लगाउनुहुँदैन । यसले रक्तनलीलाई असर गर्छ ।

 

सकिन्छ भने टोक्नेवित्तिकै साबुन पानीले पखाल्नुपर्छ । टोकेको ठाउँमा धेरै रगत निस्किेको छ भने त्यो समयमा घाउ पखाल्ने होइन । त्यसैगरि सर्पले टोकेको घाउमा आइस पनि राख्नु उचित होइन । यदि घाउ सुन्निएको छ भने एकदम ख्याल गर्नुपर्छ । टोकेको पाँच घण्टासम्म घाउ धेरै दुख्छ । तर त्यसपछि दुखाइ कम भएको महशुश भएमा केही गर्दिन ठिक भएँ भनेर घरमै बस्छु भन्नु हुँदैन । 
 

सर्पले टोक्दा

विशेष