खेल

खेल पदाधिकारीको लापरबाही, नेपाली खेलाडी प्रतियोगिताबाटै वञ्चित

खेल पदाधिकारीको लापरबाही, नेपाली खेलाडी प्रतियोगिताबाटै वञ्चित

काठमाडौँ । एथलेटिक्सका दुई नेपाली खेलाडी इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूद प्रतियोगीतामा भाग लिनबाट वञ्चित भएका छन्। 

नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएकोबारे ध्यान नदिँदा उनीहरु खेल्नबाट वञ्चित भएका हुन् । महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका छन्। 

यसअघि एशियाली खेलकूदमा विश्वरुपाले १० हजार मिटर र पाँच हजार मिटरमा तथा सोमबहादुरले चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा गर्ने भाग लिने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको थियो ।

 दुबैले एक÷एक विधामा प्रतिस्पर्धा गर्न भने बाँकी छ । एथ्लेटिक्सकी व्यवस्थापक शान्ति सिंहले विश्वरुपालाई रङ्गशालाभित्र पठाए पनि भाग लिन नपाएको बताइन् । यसअघि शनिबार कुमाल चार सय मिटर दौडमा भाग लिनबाट वञ्चित भएका थिए । 

१८औँ एशियाली खेलकूद प्रतियोगीतामा सोमबहादुर कुमाल शान्ति सिंह विश्वरुपा बुढा

विशेष