खेल

श्रीलंका भर्सेस नेपालः नेपालको ५० रन पूरा, मैदानमा कप्तान र उपकप्तान ! [अपडेट]

श्रीलंका भर्सेस नेपालः नेपालको ५० रन पूरा, मैदानमा कप्तान र उपकप्तान ! [अपडेट]

काठमाडौँ । नेपाल र श्रीलंकन कोल्ट्स क्रिकेट क्लबबीच श्रीलंकामा भइरहेको अन्तिम अभ्यास खेलमा नेपालले ५० रन पूरा गरेको छ । उसले १० ओभरमा सो स्कोर पूरा गरेको हो । टस हारेर फिल्डीङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म एक विकेटको क्षतीमा ५० रन पूरा गरेको छ । 

नेपालको पहिलो विकेटका रुपमा २३ बलमा २२ रन बनाउँदै सुवास खकुरेल आउट भएका छन् । अहिले मैदानमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । 


टस जितेर ब्याटिङ रोजेको श्रीलंकन क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रन बनाएको थियो ।  श्रीलंकन क्लब कोल्ट्सका लागि हसन हेवानले सर्वाधिक ५९, आयानाले ३६ र मदुरा लक्मलले २४ रन बनाउनु बाहेक अरुको प्रर्दशन सम्झनलायक रहेन । 

बलिङमा नेपालका लागि सोमपाल कामीले ३, करण केसी र सागर पुनले समान २ २ विकेट लिदा ललित राजवंशीले १ विकेट लिन सफल भए ।  २१७ रनको विजयी लक्ष्यकासाथ नेपाल मैदान उत्रिएको छ ।

 नेपालको यो अन्तिम अभ्यास खेल हो । उसले यसअघि २ वटा अभ्यास खेल खेलिसकेको छ । जसमा नेपालले शानदार जित निकालेको थियो । तीन दिनपछि मलेसियामा हुने एसिया कप छनोटका लागि नेपाल अभ्यास खेलका लागि श्रीलंका गएको हो । 
 

नेपाल श्रीलंका श्रीलंका भर्सेस नेपालः

विशेष