मुख्य समाचार

पूर्व बालसेना विष्टको यथार्थबारे जवाफ दिन गृहलाई प्रधानमन्त्रीको निर्देशन

पूर्व बालसेना विष्टको यथार्थबारे जवाफ दिन गृहलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी बालसेना लेनिन विष्टलाई एयरपोर्टमा रोक्नुको कारणबारे जवाफ दिन गृह मन्त्रालयलाई निर्देशन दिएका छन्। 

 

प्रधानमन्त्री ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन्। सोमबार बिहान सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले हिँडडुल गर्न पाउने वैयक्तिक स्वतन्त्रता हनन् भएकोप्रति आफूले ध्यान पुर्याउने बताए।

 

शुक्रबार थाइल्याण्डको बैंककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेको थियो। 

शुक्रबार ९ः५० को आरए ४०१ फ्लाइटमा बैंकक जान लागेका विष्टलाई ‘जुन कार्यक्रममा जान लागेको हो, त्यस विषयसँग सम्बद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति’ नभएको भन्दै रोकेको थियो।

विष्टले गृहमन्त्रीका प्रवक्ता सूर्य सुवेदीको निर्देशनमा आफूलाई एयरपोर्टमा रोकिएको आरोप लगाएका थिए।

लेनिन विष्ट केपी शर्मा ओली पूर्वमाओवादी बालसेना

विशेष