मुख्य समाचार

प्रदेश १ मा नेकपाको एकता अन्तिम चरणमा, कस्तो छ सहमति ?

प्रदेश १ मा नेकपाको एकता अन्तिम चरणमा, कस्तो छ सहमति ?


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. १ काे नेतृत्व बाहेक १४ जिल्लाले प्रतिवेदन प्रदेश कार्यदललाई बुझाएको छ । यसबारे सोमबार प्रदेश कार्यदलको बैठकमा जिल्लाहरुको नेतृत्वबारे छलफलसमेत भएको छ ।

 

छलफलमा पूर्व माओवादीले प्रदेश अध्यक्षसहित १४ जिल्लामा ७ जिल्ला अध्यक्ष आफूहरुले पाउनु पर्ने दाबी गरेपछि बैठक बिना निष्कर्ष टुंगिएको बताइएको छ । १४ जिल्लामा पहिला सामान्यतया पूर्व माओवादीले ६ र पूर्वएमालेले ८ जिल्लाको अध्यक्ष लिने सहमति भएको थियो ।

 

तर अहिले आएर माओवादीले ७ जिल्ला दाबी गरेपछि थप छलफल गर्ने गरी अर्को बैठक बस्ने सहमति भएको कार्यदलका सदस्य भिम आचार्यले जानकारी दिए । 

 

अर्का कार्यदलका सदस्य सावित्रीकुमार काफ्लेका अनुसार पूर्व माओवादीलाई प्रदेश स्तरमा अध्यक्ष वा इन्चार्ज मध्ये एक दिनुपर्ने र झापा, मोरङ्ग ,सुनसरीमा १, पांचथर, तापलेजुङ्ग, इलाम, धनकुटा, तेह्रथुम मध्येबाट २ र भोजपुर, सोलु, संखुवासभा, उदयपुर, ओखलढुंगा, खोटाङ्गमध्ये बाट ३ पाउने सहमति भएको र अहिले सहमतिबाटपछि हटेकोले समस्या भएको बताए ।

 

मंगलबारसम्म फेरि प्रदेश कार्यदलको बैठक बस्ने र कुरा नमिले प्रतिबेदन केन्द्रीय कार्यदलमा पठाउने सदस्य काफ्लेले बताए। यता प्रदेश १ को सुनसरीमा पनि अध्यक्षमा बाहेक अरुमा भने सहमति जुटेको कार्यदलका सदस्य सरस्वती पोखरेलले जानकारी दिए ।

 

पोखरेलका अनुसार सदस्यमा एमालेको ९८ ,माओवादीको ६७ गरि १६५ को जिल्ला समिति र ५५ जना सचिवालयमा एमालेको ३२, माओवादीको २३ जना रहने गरी निर्णय भएको छ । झापा, मोरङ्गमा एमालेलाई अध्यक्ष दिएको र सुनसरीमा माओवादीलाई अध्यक्ष पाउनु पर्नेमा कुनै बिवाद नरहेको उनले बताए ।

 

सुनसरीमा अध्यक्ष मुक्साहाङ्ग म्यानोङ्गबो र सचिवमा भिम आचार्य निकट मानिने नन्दु बस्नेतलाई बनाउने आन्तरिक सहमति भएको स्रोतको भनाइ छ । सुनसरी जिल्लामा बाहिर आए जस्तो बिवाद नरहेको नेता हिमाल सुबेदीले जानकारी दिए ।

प्रदेश १ नेकपाको एकता

विशेष