खेल

एसियाली खेलकुदमा सोमबहादुरले बनाए नयाँ किर्तीमान !

एसियाली खेलकुदमा सोमबहादुरले बनाए नयाँ किर्तीमान !

काठमाडौं । इण्डोनेसियामा भइरहेको १८औं एसियाली खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ८०० मिटर दौडमा नेपालका सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

 

आज साँझ सम्पन्न प्रतिस्पर्धामा उनले ८०० मिटर दौडमा १ मिनेट ५०.२५ सेकेण्डको टाइमिङ निकाल्दै २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्न सफल भए । यद्यपि उनी हिट चरणबाट माथि जान सकेनन् । उनी हिट थ्रीको चौथो स्थानमा रहे भने समग्रमा १३औं भए ।

 

यसअघि सन् १९९५ को मद्रास साग गेम्समा धनीराम चौधरीले बनाएको १ मिनेट ५०.६० सेकेण्डको कीर्तिमान तोड्दै कुमालले नयाँ कीर्तिमान बनाएका हुन् ।

सोमबहादुर कुमाल इण्डोनेसिया १८औं एसियाली खेलकुद एथ्लेटिक्स

विशेष