कभर स्टोरी भिडियो

मैले बालसेनाबारे बोल्छु भनेर यो सरकारले थाइल्याण्ड जान दिएन (भिडियोसहित)

मैले बालसेनाबारे बोल्छु भनेर यो सरकारले थाइल्याण्ड जान दिएन (भिडियोसहित)

काठमाडौं । पछिल्लो समय केपी ओली नेतृत्वको सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश भ्रमण तथा कार्यक्रममा जान लागेका केहीलाई फर्काइसकेको छ । 

 

केही दिनअगाडिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वबाल सेना तथा तत्कालीन जनमुक्ति सेना लेनिन विष्टलाई थाइल्याण्डको एक कार्यक्रममा जानबाट सरकारले रोक्यो । 

 

आफूलाई विमानस्थलबाट फर्काइएपछि बिष्टले सरकारलाई तथा गृहप्रशासनले ज्यादति गर्न खोजेको आरोप लगाएका छन् । पञ्चायत शासन, लोकमान सिंह कार्की प्रकरण हुँदै आएको यस्तो चलनले गणतन्त्रसम्म पनि निरन्तरता पाएको उनको बुझाइ छ । उनले आफूले  द्वन्द्व कालमा जनमुक्ति सेना छँदा बालसेनाको वकालत गर्ने गरेको र यसलाई माओवादीका नेताहरुले दबाई राखेको हुँदा थाईल्याण्ड गएपछि माओवादीको बारेमा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह गर्नसक्छ भनेर रोकेको बताएका छन् । 

उनले आफू जस्तो साधारण व्यक्तिलाई ओहोर दोहोर गर्न नदिनु गणतन्त्रको भावनाअनुरुप नभएको तर्क गरे । यो घटनाले हरेक ठाउँमा युद्घकालको कुरा बोल्न नदिन कतिसम्म थुनछेक गर्छ भन्ने कुराको सांकेतिक अर्थ राखेको उनले बताए । सरकारले द्घन्द्वकालका घटनालाई ब्यूँताउन नखोजेको भए ज्यादति गरेरभन्दा यस्ता कुरालाई छलफल, संवादको ढंगबाट कम गर्नुपर्ने विष्टको सुझाव छ । 

 

गणतन्त्रमा स्वतन्त्रपूर्वक बोल्न र हिंड्न पाईँदैन भने नेपाली समाज अराजकतातिर धकेलिरहेको भन्ने बुझ्दा हुने उनले उल्लेख गरे । पुराना गल्तिलाई ढाकछेक गर्नुभन्दा सरकार स्वस्फूर्त जनतालाई सचेत गराएरअगाडि बढ्न आवश्यक रहेको उनको भनाई छ । जनयुद्घले केही निश्चित व्यक्तिलाई माथिल्लो तहमा पु¥याए पनि उनीहरुको भविष्य यही अवस्थामा नरहने हुँदा आफूलाई परिवर्तन गर्नु आवश्यक रहेको उनको सुझाव छ ।


पूर्वलडाकुहरुलाई अयोग्य भनेर पहिले निकालिएको र अहिले तिनै पीडित लडाकुहरुको मुख थुन्ने प्रयास सरकारले गरिरहेको उनको भनाई छ ।
उनले आक्रोशित हुँदै आफूहरुलाई यसरी नै दबाउन खोजे वा आफ्ना पीडाहरु सरकारले नबुझे आफूहरु बाध्य भएर देश विदेशमा मुख खोल्ने बताए । 

 

सरकारले तत्कालीन समयमा घटेका कतिपय ठूला–ठूला द्वन्द्वका घटना ढाकछेक गरिरहेका हुँदा यसको क्षति पछि गएर ठूलो हुने तर्क दिए । हामी जस्ता नागरिकलाई यसरी रोक्दैमा, द्वन्द्वकालीन घटना ढाकछेक गर्दैमा समस्या समाधान नहुने उनको बुझाई छ । यदि अन्तर्राष्ट्रिय जगतमा आफ्नाविरुद्ध हल्ला जाला  भन्ने डरले यसरी रोकतोक गर्छ भने यो आफूहरुले देशभित्रैबाट अन्तर्राष्ट्रिय जगतमा इन्टरनेटको माध्यमबाट फैलाउन सकिनेजस्ता उपाय बाँकी नै रहेको उनले बताए । 

 

थाइल्याण्डको कार्यक्रममा आफू जान पाएको भए राज्यकै लागि फाईदा हुने उनले बताए । अहिले जनताले चाहेको सरकार भएकाले यो सरकारले जनताको कुरा सुन्नपर्ने उनले सुझाए । बहुमत छ भन्दैमा आफूखुसी चल्ने भए यो सरकारको पनि पतन हुने उनको बुझाई छ । अहिले नेपाली जनता सुरक्षा निकाय, न्यायपालिकाबाट असुरक्षित हुँदै गएको उनले बताए । सरकारसँग जनताका दुःख पिडाबारे महसुस हुँदाहुँदै आफूखुसी हिडेको आरोप लगाए । 

 

आफू सरकारको एक शुभेच्छुक भएकाले यो सरकारले जनताको कुरा सुनिदेओस् भन्ने चाहाना रहेको उनले इच्छा प्रकट गरे । 
 

विशेष