वास्तविकता देखाउने क्रममा सुटपश्चात बलिउड अभिनेताले गरे वान्ता
एजेन्सी । वरुण धवनको आउदो चलचित्र ‘सुई धागा : मेड इन इंडिया’मा धवन ‘बोय नेक्स्ट ड्वोर’को रोलमा देखा पर्ने छन् । यस चलचित्रले मागेको कथा अनुसार धवन कपडा सिलाउने सुचिकारको रुपमा ‘मौजी’ नामले चिनिनु हुनेछ । यस चलचित्रमा उनी लोकल बसबाट नै आउनेजाने गरेको देखाइएको छ ।
मुम्बइको पोश भन्ने ठाउँमा हुर्केका धवनलाई यो चलचित्र सुट गर्ने क्रममा धेरै गाह््रो भएको भारतको अनलाई मिडिम बलिउड भास्करमा लेखिएको छ । चलचित्र बनाउने क्रममा धवनलाई भीडले कोचिएको गुडिरहेको बसमा चढ्नु पर्ने थियो ।
धवनका अनुसार, ‘त्यो सीन गर्न धवनलाई निकै गाह्रो भयो । उनले भने सानो शहरहरूमा त्यस्तो भीडभाड भएको गाडिमा झै–झगडा गरेरै भएपनि चढ्नै पर्ने हुन्छ । त्यस्तो भीडबाट मलाई बस चढ्नु पर्ने सीनले गर्दा निकै अफ्ट्यारो भयो ।’
निर्देशक शरत कटारियालाई कथामा वास्तविक्ता ल्याउँनु पर्ने थियो । निर्देशकले धवनलाई भित्र छिर्नै नदिने बसमा चढेका यात्रुहरूलाई निर्देश समेत दिएका थिए । जसले गर्दा वास्तविक सीन लिन सकियोस् । निर्देशकलाई कथामा आम व्यक्तिले झेल्ने दुख देखाउनु थियो ।
यस सीनका लागि धवनलाई १० चोटी रिटेक दिनु परेको थियो । त्यसक्रममा धवन धेरै पटक सडकमा लडे पनि । १० टेक पश्चात अन्त्यमा धवन बसको पछाडी दौढेर बस भित्र चढ्न सफल भएका थिए । सुट सकिना वित्तिकै वरुण धवनले वान्ता समेत गरे ।