मुख्य समाचार

कञ्चनपुरका अर्का एक युवालार्इ प्रहरीले जानकारी नदिर्इ ११ दिन थुन्यो !

कञ्चनपुरका अर्का एक युवालार्इ प्रहरीले जानकारी नदिर्इ ११ दिन थुन्यो !

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । 



११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ बर्षे चक्र बड्र हलि पनि आतंकित छन् ।  तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए। भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन । 



घटनालगत्तै प्रहरीले कैलालीका जीवन धर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको थियो ।  बाल जानकाी आधारभुत विद्यालय, हल्दुखालका शिक्षक चुडामणि भट्टका अनुसार मानसिक सन्तुलन ठीक नभएका जीवन घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखिएका थिए । 



ती ब्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई भट्टले आग्रह गरेका थिए ।  तर, एक थप्पड लगाये भने मर्ला, चौकीमा लगेर यसलाई पाल्ने लफडा पनि किन गर्ने भन्दै प्रहरी पन्छिएको थियो । - नयाँ पत्रिकाबाट । 

निर्मला पन्त हत्या प्रकरण

विशेष