मुख्य समाचार

जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन- करको भ्रम चिर्नुहोस्

जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन- करको भ्रम चिर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले ओलीले भने ‘नयाँ अभ्यास गर्दा केही कमी कमजोरी हुन सक्छ । त्यसलाई सच्याएर लैजानु पर्दछ । गलत हल्ला र प्रचारको पछाडि नलागौँ ।” 

 

नेपाल नगरपालिका सङ्घको छैठौं राष्ट्रिय अधिवेशनलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले करको विषयमा जनस्तरमा अनेक प्रकारका हुने नहुने भ्रम फैलाइएकाले त्यसलाई चिरेर जनतालाई सेवा दिन आग्रह गरे। 

 

करको विषयमा रहेको बुझाइका कारण भ्रम उत्पन्न गराउन खोजिएकाले जनतालाई बुझाएर साथैमा लिएर जाने वातावरण बनाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । 

 

केही स्थानीय तहले नबुझी लागू गरेको करका कारण सङ्घीय सरकार र प्रदेश सरकारलाई समेत अपजस आएकाले त्यसलाई सच्याउनुपर्ने बताए । 

केपी शर्मा ओली जनप्रतिनिधि

विशेष