मुख्य समाचार

१४ र १५ गते शैक्षिक संस्थालार्इ विदा

१४ र १५ गते शैक्षिक संस्थालार्इ विदा

काठमाडौं । बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बन्द हुने भएका छन् ।

 

गृहमन्त्रालयको सुरक्षा महाशाखामा मंगलबार बसेको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनलाई सहजरुपमा सम्पन्न गर्न शिक्षा मन्त्रालयको सिफारिशको आधारमा भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो । 

 

बैठकले अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधनलाई भने जोर-बिजोर प्रणाली लागू नगर्ने निर्णयसमेत गरेको छ । बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने छन् । 

बिमस्टेक शैक्षिक संस्था विदा

विशेष