अब कक्षा ११ र १२ मा ७ विषय, कुन-कुन थपिए ?

काठमाडौं । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने भएका छन् । हालसम्म ५ विषय मात्रै पढाइ हुने गरेकोमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रम संरचनाले २ विषय थप गरेको छ।
अब विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकीजस्ता छुट्टाछुट्टै संकाय हुने छैन। ११ र १२ विद्यालय शिक्षाअनुसार नै संकायविहीन बनाइएको छ। ११ र १२ पढ्ने विद्यार्थीले नेपाली, अंग्रेजी, सामाजिक र जीवन उपयोगी शिक्षा अनिवार्य र ३ ऐच्छिक विषय पढ्नुपर्छ।
११ र १२ मा गणित विषय अनिवार्यबाट हटाइएकोमा विरोध हुँदै आएको थियो। ऐच्छिक विषयमा गणित पढ्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ। जीवन उपयोगी शिक्षाको सट्टा गणित पढ्न पाइन्छ।
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् कक्षा ११ र १२