मुख्य समाचार

सार्क‍‍ः पहिलो बैठक काठमाडौंमा शुरु

सार्क‍‍ः पहिलो बैठक काठमाडौंमा शुरु

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरीय कृषि सहकारी व्यवसाय मञ्चको पहिलो बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ ।

 

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओं) र एशियाली कृषक सङ्घ (एएफए) को संयुक्त आयोजना तथा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी) को सहयोगमा शुरु भएको हो ।

 

दिगो विकास लक्ष्यअनुसार दक्षिण एसियामा गरीबी एवं भोकमरी अन्त्य गर्न कृषक परिवारको सङ्गठित र सबलीकरणमा लागि सहकार्य भन्ने मुख्य मुद्दामा केन्द्रित सो बैठक तीन दिनसम्म चल्ने काठमाडौँस्थित सार्क सचिवालयले जनाएको छ ।

 

सो अवसरमा सार्कका महासचिव अम्जद हुसैंन वि सियलले सन् २००८ मा भएको सार्क मुलुकका कृषिमन्त्रीको बैठकले ‘सार्क एग्रिकल्चर भिजन–२०२०’ अङ्गीकार गरेको जानकारी दिए । उनले भने, ‘कृषि क्षेत्रमा आधुनिक प्रविधिलाई अङ्गीकार गरी उत्पादित सामग्रीको बजारीकरण गराउन साना कृषि खेती प्रणालीले अवरोध गरेको छ ।’

 

कृषक परिवारको सङ्गठित सहकार्यले खाद्य सुरक्षा प्राप्त गर्न, पोषण सुधार, गरिबी निवारण र भोकमरीको अन्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

 

दक्षिण एसियाका साना आकारका खेती प्रणाली आधुनिक प्रविधिको प्रयोग र उत्पादित कृषि उपजको बजारीकरणका लागि गम्भीर अवरोध भएको भन्दै महासचिव अम्जदले कृषिमा सहकार्य आवश्यक भएको बताए ।

 

उनले दक्षिण एसियाका ग्रामीण भेकमा बस्ने बहुसङ्ख्यक जनताको जीवन भूमि, शुद्ध पिउनेपानी, तटीय क्षेत्रमा माछापालन, वन जङ्गललगायत प्राकृतिक सम्पदामा निर्भर रहेको बताए । बैठकमा सार्क सदस्य मुलुकका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता छ ।

काठमाडौं सार्क‍‍ पहिलो बैठक

विशेष