मुख्य समाचार

धुन्चे-स्याफ्रु सडक खण्डमा थप पहिरो, आवतजावत नै बन्द

धुन्चे-स्याफ्रु सडक खण्डमा थप पहिरो, आवतजावत नै बन्द

रसुवा । पासाङ ल्हामु सडक खण्ड अन्तर्गत धुञ्चे स्याफ्रुबेँशी त्रिशूली नदी छेउमा थप पहिरो झरेपछि आवतजावत नै बन्द भएको छ ।

 

आवातजावत नै अवरुद्ध भएपछि अहिले विष्फोटन गराई पहिरो पन्छाउने कार्य भइरहेको र आवागमनका लागि सुरक्षित ठाउँबाट पैदलमार्ग खोलिएको डिभिजन सडक कार्यालयले जनाएको छ । 

 

गत १ गतेदेखि बन्द भएको राजमार्गबाट सामान ढुवानी नहुँदा ८० करोडभन्दा बढी राजश्व घाटा परेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । 

 

सडक कार्यालयले भने कामदार नलगाई आफ्ना नियमित मजदूर स्काभेटरबाट मात्र काम अगाडि बढाउँदा सडक सञ्चालन गर्न ढिलाइ भएको स्थानीयले बताएका छन् । 

 

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपालीसेना कालीजङ्ग गणले पैदलमार्गमा आवतजावत सहज पार्न पैदल बाटो सुधार गरी रहेको उक्त गणले जनाएको छ । 
 

पासाङल्हामु सडक खण्ड रसुवा धुन्चे-स्याफ्रु सडक

विशेष