कभर स्टोरी भिडियो

लाइफ त सिम्पल नै ठिक (भिडियाेसहित)

लाइफ त सिम्पल नै ठिक (भिडियाेसहित)

काठमाडौं । समयको अन्तरालसँगै नयाँ कलाकारहरुको आगमन हुनु नौलो कुरा होइन तर कलाकारहरुले कसरी दर्शकहरुको मन जितेका हुन्छन् भन्ने महत्वपूर्ण कुरा हो । लोकगायनको क्षेत्रमा आफ्नो भिन्नै पहिचान दिँदै आएकी लोकप्रिय गायिक हुन् गीता सेन्चुरी । उनले अहिलेसम्म ५०–६० वटा गीतहरु गाइसकेकी छन् । 
 

 

सानो छँदा रेडियो सुन्दा नै सेन्चुरीले गायिका हुने अठोट गरेकी थिइन् । ‘म पनि त्यस्तैगरि गीत गाउँछु’ उनी मनमनै रेडियोमा गीत गाएको कल्पिन्थिन् । विद्यालय जान थालेदेखि पढाइ भन्दा पनि उनलाई गीत गाउन मनपथ्र्यो । घाँस काट्ने र बाख्रा चराउन जानेबेलामा गीत नै गुनगुनाउथिन् सेन्चुरी । उनले गायन क्षेत्रमा निरन्तर काम गरेको करिब एक दशक जति भइसक्यो । यो अवधिभर त्यत्ति चर्चा कमाउन नसके पनि आपूmले अब पेशा परिवर्तन नगर्ने उनले बताइन् । सेन्चुरीले सास रहेसम्म नै गीत गाउने तय गरिसकेकी छिन् । 
 

 

यसै वर्षको तीजमा उनको तीजको कोसेली स्वरुप ‘छोरा मान्छे गायक भए तीजका भाकाले’ बोलको गीत सार्वजनिक भएको छ । ‘हिजोआज तीजको माहोेल फरक भइसकेको छ । अहिले तीज महिलालाई भन्दा पनि बढी पुरुषलाई लाग्न थालिसकेको छ ।’ उनले ठट्यौली शैलीमा थपिन् ।
 

पछिल्लो समयमा लोक गायनको क्षेत्रमा भएको भड्किलोपनाको सेन्चुरीले चर्को विरोध गर्ने गर्छिन् । यो वर्ष भने आधा जति गीत उत्ताउलो नभएको उनको दाबी छ । विशेषगरि  तीजमा महिलाहरुले श्रृंगारमा बढी खर्च गर्ने गर्छन् । तर, सेन्चुरी फरक प्रवृत्तिकी रहिछन् । उनले भनिन्, ‘मलाई तडकभडकमा त्यत्ति रमाउन मन लाग्दैन । सादा जीवन मनपर्छ । त्यसैले तीजमाा त्यस्तो केही किन्ने रहर छैन ।’ 
 

चर्चा कमाउनको लागि जस्तो पनि  काम गर्ने कुरामा उनी सहमत छैनन् । उनले भनिन्, ‘अरुले घोडा चढे भन्दैमा आफू पनि धुरी चढ्न जानु गलत हो । आफ्नो चाहनाअनुरुप काम गर्नुपर्छ । म चर्चामा आउनको लागि गलत काम गर्दिनँ ।’ 
 

गीता सेञ्चुरी

विशेष