खेल

इपीएलः चर्चित खेलाडी सिकन्दर राजा काठमाडौं किङ्सबाट खेल्ने

इपीएलः चर्चित खेलाडी सिकन्दर राजा काठमाडौं किङ्सबाट खेल्ने

काठमाडौं । आगामी एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि काठमाडौं किङ्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको छ । उसले जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई टिममा भित्र्याएको हो ।

 

ईपीएलमा ३ विदेशी खेलाडी राख्न पाउने नियम अनुसार काठमाडौंले आफ्नो टिममा तीन जनालाई अनुबन्ध गरेको हो । जिम्बावे टिमका सफल र चर्चित खेलाडी सिकन्दरले राष्ट्रिय टिमबाट ८५ एकदिवसीय १० टेष्ट र २० टी-२० खेल खेलिसकेका छन् ।

 

 यो वर्षको विश्वकप छनोटमा म्यान अफ द सिरीज बनेका सिकन्दरले ३ सय १९ रन बनाउनुका साथै १५ विकेट पनि लिएका थिए । यसअघि आयरल्याण्डका केभिन ओब्राइन र युएईका कप्तान रोहन मुस्तफालाई अनुबन्ध गरिसकेको छ । 

एभरेष्ट प्रिमियर लिग सिकन्दर राजा

विशेष