मुख्य समाचार

साहित्यमा समृद्धिको वर्णन गर्न प्रधानमन्त्रीको आग्रह

साहित्यमा समृद्धिको वर्णन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गरेका छन् ।

 

 नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको म‌गलबार उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उनले आफूहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए । 

 

 

उनले जन्मसिद्ध श्रेष्ठताको पाखण्डी र अवैज्ञानिक सिद्धान्तलाई फालेर जनताले छानेको लोकतान्त्रिक प्रणाली समृद्धिको महायात्राको थालनी भएकाले नयाँ युगको यात्रामा समृद्धिको वर्णन गर्न स्रष्टाहरुलार्ई आग्रह गरे ।

 

कवि हरिभक्त कटुवालले ‘जूनलाई टाढैबाट हेर, नजिकबाट हेर्दा दाग देखिन्छ’ लाई आफ्नो हकमा उल्ट्याएर बुझ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मलाई नजिकैबाट हेर्नुस्, दाग धब्बा देखियो भने आलोचना गर्नुस् । मबाट अख्तियारको दुरुपयोग हुँदैन । मलाई जनताले त्यसका लागि जिताएर पठाएका होइनन् । भ्रष्टाचारमा मेरो शून्य सहनशीलता हुन्छ ।’ 

 

प्रधानमन्त्री ओलीले राष्ट्रलाई जगाउने र एकताबद्ध गर्ने सन्दर्भमा प्रज्ञा प्रतिष्ठानले निर्वाह गरेको भूमिका असाधारण छ भन्दै यस्तो भूमिकाले परोक्षरुपमा मान्छेको मनोविज्ञान र मनोदशालाई रुपान्तरित गराउने बताए ।  

प्रधानमन्त्री केपी शर्मा ओली साहित्य

विशेष