मुख्य समाचार

'पञ्चायत गएपछि स्कुल भर्ना हुनेहरुले लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क परेँ'

'पञ्चायत गएपछि स्कुल भर्ना हुनेहरुले लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क परेँ'

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चायत गएपछि स्कुल भर्ना हुनेहरुले लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क परेको बताएका छन्।

 

मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले लोकतन्त्रकै लागि विगतमा संघर्ष गरेको बताए।

 

'कतिपय साथीहरुले यो सरकार गठन हुनुअघि नै विभिन्न अधिनायकवादको बुख्याँचा गाड्दै हिँड्नुभयो, जनता तर्साउन। मैले भन्दै आएको छु, यो लोकतन्त्र हामीलाई कसैले किस्तीमा राखेर दिएको होइन।

 

 दशकौं बलिदानपूर्ण संघर्ष गरेर लडेर हामीले नै हासिल गरेका हौं। तानाशाही व्यवस्थाको कालकोठरीमा सँगसँगै दिन बिताएका साथीहरुले मात्रै होइन, पञ्चायत गएपछि स्कुल भर्ना हुनेहरुले पनि मेरो पार्टीको नेतृत्वमा रहेको सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क पर्छु कहिलेकहिले', प्रधानमन्त्रीले भने।

केपी शर्मा ओली

विशेष