मुख्य समाचार

दलिनसँगै घरकाे भित्ता खस्दा एकै परिवारका पाँचको मृत्यु

दलिनसँगै घरकाे भित्ता खस्दा एकै परिवारका पाँचको मृत्यु

काठमाडाैं । सल्यान जिल्लाकाे एक घरकाे दिलन भाँचिदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।

 

मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  

 

दलिनसँगै भित्ता भत्किएपछि  ४० वर्षीय रामसिंह कामी, ३५ वर्षीया राम कला कामी र उनीहरुका दुई छोरी र एक छोरा छन् । यस्तै छोरीद्धय ७ वर्षीया गगां बिक, ६ वर्षीया प्रमिला बिक र छोरा ४ वर्षीय रुपलाल बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ। यस्तै परिवारसँगै सुतेकी रामसिंह कै अन्दाजी ११ वर्षीया छोरी सुनिता बिक घाईते भएकाे प्रहरीकाे भनार्इ  छ ।

सल्यान

विशेष