मुख्य समाचार

बिम्स्टेक: भुटानका प्रधानन्यायाधीश र श्रीलंकाका राष्ट्रपति आज आउँदै

बिम्स्टेक: भुटानका प्रधानन्यायाधीश र श्रीलंकाका राष्ट्रपति आज आउँदै

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको लागि आज दुई देशका पाहुना नेपाल आउँदैछन्।

बिहिवार र शुक्रवार काठमाडौंमा हुने बिम्स्टेकमा सहभागी हुन आज भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आइपुग्नेछन्।

म्यानमारका राष्ट्रपति विन मिन्ट हिजै काठमाडौं आइपुगिसकेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा भने बिहिवार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

बिम्स्टेक

विशेष