मुख्य समाचार

म्यानमारका राष्ट्रपति लुम्बिनीमा

म्यानमारका राष्ट्रपति लुम्बिनीमा

काठमाडाैं। बिमस्टेक सम्मेलनका लागि नेपालमा आएका म्यानमारका राष्ट्रपति विन माइन्ट लुम्बिनी पुगेका छन्। सम्मेलन सुरु हुनु अघि उनी लुम्बिनी भ्रमणमा आएका हुन्। उनको लुम्बिनी भ्रमणलाई निजी भ्रमण बताइएको छ।

 

काठमाडौंबाट चार्टर प्लेनमा ३६ जनाको टोलीसहित भैरहवा विमानस्थलमा पुगेका राष्ट्रपति विमानस्थलबाट हेलिकप्टरमार्फत लुम्बिनी गएका हुन्। हेलिकप्टरमा उनी सहित १६ जना लुम्बिनी गएका बताइएकाे छ । 

 

बाँकी म्यानमारका पाहुना र स्वदेशी सहयोगीसहित २० जना भैरहवा विमानस्थलबाट सवारीसाधनमा लुम्बिनीमा गएका हुन्। राष्ट्रपतिको स्वागतका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल लुम्बिनी पुगेका छन्।

बिमस्टेक सम्मेलन विन माइन्ट म्यानमारका राष्ट्रपति

विशेष