कभर स्टोरी भिडियो इतिहास र अनुभूति

सार्कलाई विस्थापित गर्ने खराब नियतले विम्सटेक ल्याइएको हो (भिडियाेसहित)

सार्कलाई विस्थापित गर्ने खराब नियतले विम्सटेक ल्याइएको हो (भिडियाेसहित)

काठमाडौं । नेपालआजको ‘इतिहास र अनुभूति’ भिडियो स्तम्भमा यसपटक प्रा.डा. सुरेन्द्र केसीले विम्सटेक, सार्क आदिबारे चर्चा गरेका छन् । उनले व्यक्त गरेका धारणा निम्नानुसार छन्ः 

 


‘भारतीय प्रभूत्वबाट आफ्नो देशलाई पृथक राखेर अस्तित्व जोगाउने भन्ने सोचबाट सार्कको कुरा अगाडि आएको हो । तत्कालीन बंगलादेशका राष्ट्रपतिले सोच बनाए, राजा वीरेन्द्रले कुरालाई अगाडि बढाए । अनि क्षेत्रीय संगठन बनाइयो । यो क्षेत्रमा  एकल प्रभूत्वबाट बचाउन ३० वर्षअगाडि सार्कको अवधारणा ल्याइएको हो । 
 

 

भारतले सानो सानो विषयमा हस्तक्षेप गर्ने खालको थियो । दक्षिण एसियाका केही मुलुकहरुले भारतकै कारण नयाँ देशको मान्यता पाएको पनि छ । बंगलादेशको जन्म भारतकै सेनाको कमाण्डबाट भएको हो । त्यसलाई आफ्नो हो भन्ने भारतले सोच्छ ।

 

 

 नेपालको राजनीतिक स्वतन्त्रता भारतकै कारण प्राप्त भएको हो । धेरैजसो दल भारतमै खुलेका छन् । इस्वी सम्वत १८०० मा पहिलोपटक बहादुर शाह निर्वासनमा बनारस गएका थिए । अहिले पनि हामीले जाने भारत नै हो ।
 

 

भुटान त भारतकै प्रभूत्वको देश हो । सिक्किमलाई त भारतमै विलय गराइयो । भुटानी र सिक्किमी प्रकरणपछि वरपरका मुलुक तर्सिए र क्षेत्रीय मोर्चाको रुपमा सार्क गठन भयो । 

 


सार्कमा सबै मुलुक एकातिर भारतमात्रै अर्कोतिर हुँदा त्यसको अन्तर्राष्ट्रिय असर हुने नै भयो । जहाँ पनि भारतले जुनसुकै मुलुकलाई अनावश्यक हस्तक्षेप नीति लियो । लिइरहेको छ । 
 

भारतको पाकिस्तानसँग दुश्मनी छ । पाकिस्तानलाई कमजोर बनाउन भारतले बंगलादेश जन्माएको हो । त्यसपछि त पाकिस्तान भारतसँग झन टाढा भयो । श्रीलंकाको आन्तरिक राजनीति बिगार्ने पनि भारत नै हो । त्यसले भारतलाई नकारात्मक असर पारिदियो । अरु मुलुकको मनोविज्ञानलाई सकारात्मक प्रभाव पर्यो । 
 

 

सार्कको विकल्पको रुपमा ल्याइएको हो । भारतले सार्कलाई समाप्त पार्ने दुराशयबाट विम्सटेक आएको हो । सार्क हुँदा हुँदै बिम्सटेक आवश्यक थिएन । सार्कलाई निष्प्रभावी बनाउन बिम्सटेक ल्याइयो । भारतकै कारण सार्क यस्तो भएको हो । भारतको बुझाइमा सार्कले भारतको अन्तर्राष्ट्रिय मञ्च बलियो भएन । राष्ट्र संघको स्थायी सदस्य हुनबाट पनि भारत वञ्चित भयो भन्ने बुझिएको छ । 
 

 

राजा नेतृत्वको नेपालले त भारतलाई सार्कमार्फत असहयोग गरेको उसले बुझ्यो । त्यसैको फलस्वरुप आज राजसंस्था यस्तो भयो भन्ने पनि छ । 
 

 

यो परिवेशमा विम्सटेक आएको हो । नेपाल लत्रिएर जानु पर्ने कारण अनौठो छ । यो नेपालको हित र पक्षमा होइन । 

 

राजा वीरेन्द्रलाई संवैधानिक दायरामा ल्याउँदा पनि नेपालमा आफूले चाहेजस्तो चलखेल गर्न पाइएन भन्ने भारतलाई लागेको थियो । बिहारीलाई नागरिकता बाँड्ने कुरामा राजाले अडान लिन्थे । त्यो भारतलाई मन पर्दैन थियो । पछि राजा वीरेन्द्र पनि मारिए । अनि धेरैलाई नागरिकता बाँडियो । 
 

ज्ञानेन्द्र आएपछि त भारतका प्रतिकुल कुराहरु हुन थाले । सार्कमा चीनलाई ल्याउनु पर्छ भन्ने कुरा ज्ञानेन्द्रले भनेपछि नेपालमा गणतन्त्र आएको हो । ज्ञानेन्द्रले त्यसो भनेपछि भारतले ‘यो पनि घाँडो नै रहेछ ’ भन्ने लागेछ । 

 

चीनका एक प्राध्यापकले लेखेको किताबमा दरबार हत्याकाण्डमा दक्षिणको संलग्ता थिएन होला भनेर अनुमान गर्न गाह्रो पर्छ भन्ने उल्लेख गरेका छन् । यसकारण पनि केही शंका छन् । 
 

 

 म भारतविरोधी होइन । भारतप्रति पनि मेरो सम्मान  छ । सम्मान छ भन्नुको मतलव म नेपालविरोधी होइन । नेपालको अहित हुने गरी भारतको भजन गाउन सक्दिनँ । उतैको माना खाएकाहरुले यो देश त के हो र ? भन्छन् । पृथ्वीनारायण शाहलाई थुक्ने पनि छन् । किन थुकेको ? भन्दा ‘त प्रतिगामी होस्’ भन्छन् । 
 

 

यो मुलुक निर्माण गर्न र जोगाउन राजाहरुको योगदान छ । उनीहरुले नै राष्ट्रघातीहरुलाई संरक्षण गर्ने काम राजाहरुले पनि गरे । राज्य दोहेन गर्नेमा राजाहरु पनि कम थिएनन् । तर हालका नेताका भन्दा राजाहरुले छानेका मान्छे ठिक हुन्थे । यसको मतलव राजाहरु दूधले नुहाएका भन्ने होइन । 
 

 

बेलायतका राजदूतले त पैसाका लागि दूतावास भवन नै बेच्न खोजेका थिए । बेलायत जाँदा म नेपाली दूतावास भवन हेर्न गएँ । मलाई चिन्ने एक युवक भेटेँ त्यहाँ । उनले एउटा कोठा देखाउँदै भने, ‘सर यो कोठा त्यही हो, जहाँ श्रुतीका पति गोरख शमशेर छ महिना सुतेका थिए ।’ अर्थात नेपाली दूतावासलाई त ससुराली पो बनाएका रहेछन् ।’ 
 

प्रा.डा. सुरेन्द्र केसी

विशेष