खेल

नेपाललाई दबाब दिदै ओमान

नेपाललाई दबाब दिदै ओमान

काठमाडौं । एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल अहिले ओमानसँग खेलिरहेको छ।

 

२सय २२ रनको लक्ष्य पछ्याएको ओमानले २८ ओभरमा २ विकेट गुमाएर ९५ रन जोडेको छ। ओमानलाई अब  २२ ओभरमा  १२७ रन आवश्यक छ।  ‌‌ओमानकाका  दुवै ओपनर आउट भएका छन्। तेस्रो विकेटका लागि २४ रनको साझेदारी गरेको छ।

 

नेपालका कप्तान पारस खड्काले एक विकेट लिए। एक ब्याट्सम्यान रन आउट भए। ३३ रन जोड्दा पहिलो विकेट गुमाएको ओमानले दोस्रो विकेटका लागि ३८ रनको साझेदारी गर्‍यो।

 

यसअघि मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ९ विकेटको क्षतिमा २२१ रन बनाएको छ ।

 

नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । उनले बलमा ८४ बलमा ८३ रन बनाएका हुन्। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौका र एक छक्काको सहयोगमा ४५ रनको योगदान दिए ।

 

करण केसीले १० बलमा नटआउट २६, आरिफ शेखले ७४ बलमा ३६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ९, कप्तान पारस खड्काले ८, सोमपाल कामीले पाँच र सुवास खकुरेलले चार रन बनाए।

विशेष