राष्ट्रियसभा समितिका सभापतिले शपथ लिए
काठमाडौं । राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिमा निर्विरोध चयन भएका सभापतिहरुले शपथ ग्रहण गरेका छन् ।
विषयगत समितिले एक मात्र उम्मेदवारी परेपछि निर्विरोध सभापति चयन गरेसँगै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारीले शपपथ लिएका छन् ।
दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन पछि हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।