पाराग्लाइडिङमा नेपाललाई रजत
काठमाडौं । एसियाली खेलकूदमा पहिलो पटक सहभागिता जनाएको पाराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ ।
एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इन्डोनेसियामा जारी १८ औं एसियाडअन्तर्गत पाराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जाकार्ता्स्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजतपदक प्राप्त गरेको हो । प्रतियोगितामा स्वर्णपदक भने जापानले हात पा-यो । अब नेपालको रजत पदक संख्या दुई पुगेको छ ।
यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् । नेपालले यसअघिका एसियाडमा तेक्वान्दो, बक्सिङ र कराते गरी २३ पदक जित्न सफल भएको थियो । नेपाल जापानभन्दा २७ अंकले मात्रै पछि परेको थियो । पाँचाँै राउन्डको खेल सकिँदा नेपालले ११ हजार ३ सय ६४ अंक मात्र बनाउन सक्यो ।
त्यस्तै पहिलो स्थानमा रहेको जापानले भने ११ हजार ३ सय ९१ अंक जोड्यो । क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । पाराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुन्छन् । नेपाली टोलीमा विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा थिए ।