मुख्य समाचार

बिमस्टेक सदस्य राष्ट्रबीचको व्यापार बढाउन आवश्यकः प्रधानमन्त्री ओली

बिमस्टेक सदस्य राष्ट्रबीचको व्यापार बढाउन आवश्यकः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सदस्य राष्ट्रबीच न्यून व्यापार हुनु दुखद भएको बताएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको चौथो बिमस्टेक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिमस्टेक देशबीच व्यापार न्यून रहनु राम्रो नभएको भन्दै यसलाई बढाउन आग्रह गरे । 

 

सम्मेलनमा ओलीले बिमस्टेकका देशबीच व्यापार गर्दा कर कम लाग्ने वा केही अरु व्यवस्था गरेर भएपनि व्यापार बढाउनुपर्नेमा जोड दिए । 

 

बिमस्टेकको एजेन्डा अनुसार नेपाल आतंकवादविरुद्धअरु देशसँग साझेदारी गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले ७ वटै देशबीच सम्पर्क सञ्जाल स्थापनामा ढिलाइ गर्न नहुने बताए । 

केपी शर्मा ओली बिमस्टेक

विशेष