मुख्य समाचार

‘नेसनल नलेज नेटवर्क’ नेपालमा पनि विस्तार हुन्छः प्रधानमन्त्री मोदी

बिम्स्टेक शिखर सम्मेलन

‘नेसनल नलेज नेटवर्क’ नेपालमा पनि विस्तार हुन्छः प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकका सदस्य राष्ट्रहरु लागूऔषध ओसारपसार र अन्तरदेशीय आतंकवादको समस्याबाट छुटकारा पाउन एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।  काठमाडौंमा जारी चौथो बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

 

उनले हिमालय र बंगालको खाडी क्षेत्रका बिमस्टेक राष्ट्रहरु बाढी, भूकम्प जस्ता प्राकृतिक प्रकोप आइरहने हुँदा सबैले एक अर्कामा मानवीय सहयोग तथा प्रकोप राहतका क्षेत्रमा काम गर्नुपर्ने बताए । 

 

प्रधानमन्त्री मोदीले विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्नेहरुका लागि तालीमको व्यवस्था गर्न भारत तयार रहेको जानकारी गराए ।उनले कला, संस्कृति सामुद्रिक कानुन आदि विषयको अनुसन्धानका लागि नालन्दा विश्वविद्यालयमा सेन्टर फर बे अफ बंगाल स्टडीजको स्थापना गर्ने प्रतिवद्धता जनाए ।

 

प्रधानमन्त्री मोदीले डिजिटल कनेक्टिभिटीको क्षेत्रमा भारतले आफ्नो ‘नेसनल नलेज नेटवर्क’ लाई श्रीलंका, भुटान तथा नेपालमा पनि विस्तार गर्नका लागि पहिलेदेखि नै प्रतिबद्ध रहेको स्पष्ट पारे।

 

यस बाहेक सन २०२० मा भारतले अन्तरराष्टिय बौद्ध कन्क्लेभको आयोजना गर्ने भएकाले बिमस्टेक राष्ट्रका प्रतिनिधिहरुलाई स्वगत गर्न आतुर रहेको बताए । 

बिम्स्टेक शिखर सम्मेलन नरेन्द्र मोदी भारत

विशेष